गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १६ पुष २०७८, शुक्रबार १३:०५
 

नेपालगञ्ज : दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर सुर्खेत सडकखण्ड अन्तरगत दंगीशरण गाउँपालिका ६ मा शुक्रबार विहान चारबजेतिर गाडीको ठक्करबाट सोही ठाउँका ३२ वर्षीय सुमन केसीको मृत्यु भएको हो ।

सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने गाडी भने भेटिएको छैन ।


शबलाई राप्ती प्रादेशिक अस्पतालको शबगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजि भइरहेको डिएसपी अर्याालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न कार्यक्रम गरी अँग्रेजी नयाँ वर्षलाई स्वागत गरिँदै

१६ पुष २०७८, शुक्रबार १३:०५
नेपालगञ्ज : बाँकेमा अँग्रेजी नयाँ वर्षलाई भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेर स्वागत गरिँदै छ । २०२१ को सुखद विदाइ अनि २०२२ को भव्य स्वागतका लागि नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा थुपै्र रात्रीकालिन कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका अधिकांश होटल, रेष्टुरामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । बालेगाउँमा रहेको मेरो प्लानेटले द […]