मानव बेचविखन बिरुद्ध सीमाक्षेत्रमा सहकार्य हुन आवश्यक

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १७:१६
 

नेपालगञ्ज :  मानव बेचखिनका बिरुद्ध सक्रिय नेपाल– भारतका सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ अघि बढ्नु पर्ने निश्कर्ष निकालेका छन ।

प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ् उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा आयोजित मानव बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकका सहभागिले सो निष्कर्ष निकालेका हुन ।


मानव बेचखिनको जोखिममा परेकालाई उद्दार गर्नको लागि आवश्यक कानूनी अड्चनका कारण आफुहरुलाई कार्य क्षेत्रमा असहजता आएको र दुबै क्षेत्रका सरकारी निकाय, सुरक्षा निकायले विषय वस्तुको गम्भीरतालाई बुझेर सहकार्य र हातेमालोका साथ काम गर्न आवश्यक रहेको निश्कर्ष निकालिएको आयोजक बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अलीले जानकारी दिए ।

सो कार्यक्रमका जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा बालबालिका सेलका ईन्चार्ज प्रहरी निरिक्षक महेश्वरी विष्ट, साना हातहरुबाट अम्बिका पुन, नेपालगञ्ज उपमहानगर महिला विकास अधिकृत आशा शाही, प्लान नेपालका सन्तोष पुलामी, भारतीय पक्षबाट देहातका कार्याकारी निर्देशक देवयानी चतुरवेदी, हसन फिरोजलगायतको सहभागित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चेतन ऐडीको न्याय माग्दै दाङमा प्रदर्शन

१३ मंसिर २०७९, मंगलवार १७:१६
दाङ : विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन ऐडीको न्याय माग गर्दै दाङमा प्रदर्शन भएको छ । ऐडीको मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचतका दिन बाजुरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृत्युपछि हत्यामा संलग्नलाई कारवाही हुन नसकेको भन्दै बुधबार दाङको घोराहीमा अनेरास्ववियुले विद्यार्थीहरु सहभागि बनाएर प्रदर्शन गरेको […]

सम्बन्धित