अम्बे स्टिल्सलाई ३५ मेगावाट विद्युत् दिन पूर्वाधार निर्माण

सदरलाइन संवाददाता २९ फाल्गुन २०७८, आईतवार १६:२०
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्जमा सञ्चालित अम्बे स्टील्स उद्योगलाई एक महिनाभित्रमा करीब ३५ मेगावाट विद्युत दिने भएको छ ।

प्राधिकरणले अहिले स्टील्स उद्योगलाई करीब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ ।

उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पु¥याउन आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो ।


उद्योगसम्म विद्युत पु¥याउन कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पु¥याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिवार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्सको भ्रमण गरी एक महिनाभित्र विद्युत आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशमा काँग्रेसको प्यानल विजयी

२९ फाल्गुन २०७८, आईतवार १६:२०
नेपालगञ्ज : नेपाल इन्जिनियर्स एशोसिएशन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका तीन वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुईजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक […]

सम्बन्धित