बाँकेमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

सदरलाइन संवाददाता २४ फाल्गुन २०७८, मंगलवार १४:५२
 

नेपालगञ्ज : ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

बाँकेका सवै पालिकाहरुले र्याली, प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ ।


नारी दिवसमा शहर बजारमा ठूला गोष्ठि र सेमिनार गर्नु भन्दापनि गाउँगाउँमा गएर महिलाहरुलाई निःशुल्करुपमा जनचेतना जगाउन सकियो भने उपलब्धीमुलक हुने महिला उद्यमी संघका केन्द्रीय सदस्य सरस्वती शर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला सहभागिताका सवालमा संवैधानिक व्यवस्थाले बाध्यात्मक परिस्थितीको सिर्जना गरेको छ

२४ फाल्गुन २०७८, मंगलवार १४:५२
अन्तराष्ट्रिय श्रमीक महिला दिवस , सन १९११ मार्च ८ अर्थात आजैका दिन नारी मुक्ति आन्दोलनकी प्रणोता क्लारा जेट्किनले महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिन । आजका दिन विश्वभर महिलाहरुको त्याग र समाजप्रतिको वलिदानका लागि महिलाहरुलाई प्रेम, प्रशंसा, आदर र सम्मान गर्ने दिनका रुपमा संसारभर मनाईंदै […]