मानव अधिकार एलायन्समा गौतम

सदरलाइन संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार १९:३९
 


नेपालगञ्ज : मानव अधिकार एलायन्स बाँकेमा बसन्त गौतमको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन भएको छ । शुक्रबार नेपालगञ्जमा भएको एलायन्सको जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

सो समितिको उपाध्यक्षमा ललिता चौधरी थारु, सचीवमा राम शुहाबन सोनकर, सह सचिवमा घनश्याम आचार्य र कोषाध्यक्ष शोभना मिश्रालाई चयन गरेको छ ।


सोही जिल्ला सम्मेलनबाट मिनु ओली शाह, रबि रोकाया, घनश्याम उपाध्याय, जसबिर बड, ज्ञानु स्वणकर, सनतकुमार कार्की, पुर्णप्रसाद पौडेल, केसवा रेग्मी, राजकुमार शुक्ला र कृष्ण गिरी सदस्यमा चयन भएका छन ।

सो भेलामा गैसस महासंघका केन्द्रीय सदस्य धर्मलाल रोकाय, बाँकेका पूर्व अध्यक्ष प्रभात कुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण, श्रीमद भागवत ज्ञान महायज्ञ पनि शुरु

६ फाल्गुन २०७८, शुक्रबार १९:३९
डुडुवा (बाँके) :  बाँकेको डुडुवा गाउँपालिका वार्डनंं ६ को बकौली गाउँमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पुर्वाधार निमार्ण गरिएको छ । नवनिर्मित मन्दिरको एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उदघाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमष्तिकमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने विश्वास व्यक्त गरे । अध्यक्ष चौधरीले धार्मिक […]