मोटरसाइकलसहित चोर पक्राउ

सदरलाइन संवाददाता २३ फाल्गुन २०७८, सोमबार १४:५७
 

नेपालगञ्ज : मोेटरसाइकल चोरी गर्ने गिरोहका एक जना सदस्यसहित चोरीको मोटरसाइकलसहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी बाँकेबाट सादा पोशाकमा खटिएका प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले सोमवार बिहान नेपालगञ्ज १६ जयसपुरबाट एउटा चोरीको मोटरसाइकलसहित सलमान अन्सारीलाई पक्राउ गरेको जिल्ला हो ।


चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा पप्रहरी टोलीले नम्बर प्लेट नभएको युनिकर्न मोटरसाइकलसहित अन्सारीलाई पक्राउ गरेको हो ।

पहिलादेखि शंकास्पद रुपमा रहँदै आएका अन्सारीलाई बिगत एक महिनादेखि निगरानी गर्दै आएको बाँके प्रहरी सोमवार भने मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज बालविवाहमुक्त घोषणा

२३ फाल्गुन २०७८, सोमबार १४:५७
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकालाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएको हो । सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ […]