नेपालगञ्ज बालविवाहमुक्त घोषणा

सदरलाइन संवाददाता २३ फाल्गुन २०७८, सोमबार १६:३०
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकालाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई वालविवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएपछि उप–महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिँदै फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताए ।


नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । उनले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

घोषणामा साथ र सहयोग गर्ने सबैलाई उनले आभार ब्यक्त गरिन् । घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै वालविवाह भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तिपाईले विरुद्वको आम औषधि सेवन अभियानका लागि पत्रकारहरु संग अन्तरक्रिया

२३ फाल्गुन २०७८, सोमबार १६:३०
नेपालगञ्ज : हात्तिपाईले विरुद्वको आम औषधि सेवन अभियानका लागि जिल्ला स्तरका पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ । सोमबार नेपालगञ्जमा गरिएको सो अन्तरक्रियामा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले यहि फागुन २८ बाट सुरु हुने हात्तिपाईले विरुद्वको आम औषधि सेवन कार्यक्रममा यस पटक उचाईका आधारमा थप एक प्रकारको औषधि समेत […]