सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसबाट बच्न सोशल डिस्टेन्स अर्थात् सामाजिक दुरी बनाउनका लागि नेपालगञ्जमा लक्ष्मण रेखा बनाइएको छ । प्रहरीको प्रयासमा अत्यावश्यक सामग्रीको कारोबार हुने पसल, मेडिकललगायतका क्षेत्रमा लक्ष्मण रेखा बनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शुक्रबारबाट नेपालगञ्जमा रहेका अत्यावश्यक पसलहरु सञ्चालन गर्न दिने तयारी गरिएको छ । उद्योग वाणिज्य संघ, प्रहरीसँगको छलफलपछि स्थानीय प्रशासनले अत्यावश्यक सेवा उपलब्ध गराउने पसल खोल्न अनुमती दिएको हो ।
दैनिक उपभोग्य सामग्री, खाद्यान्न तथा तरकारी मण्डी, मेडिकल लगायतका पसलहरु निर्वाधरुपमा सञ्चालनमा आउने छन् । यद्यपी उक्त पसलमा जाने सेवाग्राहीले भने सामाजिक दुरी कायम राखनुपर्ने छ । पसलमा सामाजिक दुरी कायम गराउनकै लागि हरेक पसलको अगाडी लक्ष्मण रेखा कोर्न लगाईएको सिंहले बताए ।
