कजाकस्तानमा विमान दुर्घटना हुँदा १४ को मृत्यु

११ पुष २०७६, शुक्रबार १४:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : कजाकस्तानमा आज बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएको थियो ।
त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ । राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । (एजेन्सी)

Next Post

भ्रमण वर्ष शुभारम्भको बर्दियामा भव्य तयारी

११ पुष २०७६, शुक्रबार १४:३८
सदरलाइनडटकम, बर्दिया : प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी गरेको छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तर्राष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष […]

सम्बन्धित