सदरलाइनडटकम,
धनगढी : विश्व नेपाली साहित्य महोत्सव बुधवारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि बुधवारदेखि औपचारिकरुपमा शुरु भएको हो ।
राष्टपति भण्डारीले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेकी हुन् । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु हुने छन् ।
पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायत नेताहरु राजनीति, विकासलगायत विषयमा वक्ताका रुपमा रहने छन् । भारतको सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङ, प्राध्यापक डा. बासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्यसभामा वक्ता रहने आयोजकले जनाएको छ ।
