प्रदेश ५ को राजधानी र नाम कहिले तोक्ने ?

२५ असार २०७५, सोमबार १८:४८
 

सदरलाइनडटकम
नेपालगन्ज : प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताएका हुन् । सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजःतै भएको टिप्पणी गरे । ‘न नाम, न त राजधानी छ, १ बर्ष रुपन्देहीमा राखौं,अर्काे बर्ष बर्दियाको राजापुरमा राजधानी राख्नुपर्छ’ उनले भने ।
सांसद अष्टभुजा पाठकले सरकारलाइ प्रदेशको नाम र राजधानी राख्न के को डर छ भनी प्रश्न गरे । ‘छिमेकी प्रदेशहरु नामाकरण भइसके, ःथायी राजधानी तोकिसकियो, यहाँ कसले रोक्यो, किन तोेकिएन’ उनको प्रश्न छ । सांसद धर्मबहादुर लाल श्रीवास्तबले प्रदेशको राजधानी कपिलवःतुको तिलौराकोटमा राख्नुपर्ने धारणा राखे ।

Next Post

रेडक्रसको रक्तदाता उत्प्रेरणा अभिमुखिकरण

२५ असार २०७५, सोमबार १८:४८
सदरलाइनडटकम   नेपालगन्ज  : नेपाल रेडक्रस सोसाइटी बाँके लैङ्गिक तथा समावेशीकरण समितिको आयोजना र नेरेसो पुरैनी उपशाखाको आतिथ्यमा रेडक्रस रक्तदाता उत्प्रेरणा तथा चेलीवेटी बेचविखन सम्बन्धी अभिमुखीकरण सोमवार पुरैनीमा सम्पन्न भएको छ । सो कार्यक्रममा शाखाकी उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिलाहरुको सहभागिता र सदस्यता बृद्धिमा जोड दिँदै मानव वेचविखन विरुद्ध सबैको सहयोग […]

सम्बन्धित