नेकपा एमाले डुडुवामा पालिकास्तरिय पार्टी कार्यालय उद्घाटन

सदरलाइन संवाददाता ९ बैशाख २०८२, मंगलवार १९:१७
 

डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यालयको उदघाटन गरिएको छ । नेकपा एमाले पार्टी स्थापना दिवसको अवसरमा पालिकास्तरीय पार्टी कार्यालयको मंगलवार एक कार्यक्रमका बीच उदघाटन गरिएको हो ।

एमाले डुडुवा गाउँपालिकाका अध्यक्ष विनयराज त्रिपाठीको अध्यक्षतामा डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनामा कार्यालयको उदघाटन गरिएको एमालेका जिल्ला कमिटी सदस्य एवं डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।


एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेसम्म एमाले डुडुवाको कार्यालय झोलामा मात्र सीमित रहेकोमा औपचारिकरुपमा कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले पार्टीका नेता कार्यकर्ताले अब बस्ने ठाउँ पाएकोले जनताको काममा पनि सहजता आउने विश्वास व्यक्त गरे ।

उदघाटन कार्यक्रममा लेखा समिति संयोजक पदमबहादुर बुढाथोकी, प्रदेश सदस्य बलिभद्र पुन, सुजिता वर्मा, जिल्ला कमिटी उपसचिव किशोर थापा, जिल्ला कमिटी सदस्य भास्कर काफ्ले, जिल्ला कमिटी सल्लाहकार परिषद् सदस्य लल्लन प्रसाद पाण्डे, क्षेत्रीय कमिटी सदस्य अशोक थापालगायतका नेता कार्यकताहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा घाटा बजेट नबनाई जनमुखी बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

९ बैशाख २०८२, मंगलवार १९:१७
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२÷८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना […]

सम्बन्धित