बाँकेमा नरभक्षी पाटेबाघ नियन्त्रणमा, निकुञ्जमा बुझाईदै

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १३:४१
 

नेपालगञ्ज :  बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट आज बिहान साढे १० बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक बनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनले भने–‘ बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिव ८ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको छ ।’

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए । पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।


बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघको आक्रमणमा परेर पाँच जनाले ज्यान गुमाई सकेका छन् । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए ।

यसैबीच सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाउनको लागि आवश्यक तयारी सहित ओभरी शम्शेरगञ्ज लैजान लागिएको प्रमुख बन अधिकृत कंडेलले जानकारी दिए । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद बानियाँलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

१८ फाल्गुन २०७८, बुधबार १३:४१
नेपालगञ्ज : जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो। शिवरात्रीको बिदाका कारण पूर्व-मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका […]