नेपालगञ्ज–४ मा एमालेको चुनाव केन्द्रित वडास्तरीय युवा भेला सम्पन्न

सदरलाइन संवाददाता १० बैशाख २०७९, शनिबार २०:१०
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानरपालिका वडा नं ४ मा नेकपा एमालेले चुनाव केन्द्रित वडास्तरीय युवा भेला गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै एमाले वडा कमिटीले सो भेलाको आयोजना गरेको हो ।

सो भेलाले कमल शर्मा अध्यक्ष र दिपक शाही सचिव रहने गरि वडा स्तरमा २९ सदस्यीय राष्ट्रिय युवा संघको गठन समेत गरेको छ ।


सोहि अवसरमा विभिन्न पार्टि परित्याग गरि थुप्रै युवाहरुले पार्टि प्रवेश गरेका छन् । नगर कमिटी सदस्य तथा वडा न.४ को इन्चार्ज भिम रानाभाटका अनुसार ५० जना युवाहरुले पार्टि प्रवेश गरेका हुन् ।

सो अवसरमा केन्द्रिय सदस्य हारुन हलवाइ, मेयरका उम्मेद्वार पशुपतिदयाल मिश्र, उप–मेयरका उम्मेद्वार शान्ति ढकाल, पार्टीका जिल्ला उपध्यक्ष डिल्ली बिसि, नगर अध्यक्ष दत्तप्रसाद आचार्य ,वडा इन्चार्ज द्वय कृष्ण पाठक, भिम रानाभाट, वडा अध्यक्ष चेतबहादुर गुरुङ, वडा अध्यक्षका उम्मेदवार टेकबहादुर केसि लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय चुनाव नजिकिएसंगै पार्टिले वडा र टोल स्तरमा निर्वाचन लक्षित गतिविधिहरुलाई तिव्रता दिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा माओबादी केन्द्र नेपालगञ्जमा गठबन्धनबाट बाहिरियो

१० बैशाख २०७९, शनिबार २०:१०
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र नेपालगञ्जले नेपालगन्जमा सत्ता गठबन्धनबाट बाहिरीएको घोषणा गरेको छ । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धनले नेपालगञ्जमा मेयरका उम्मेद्वार कांग्रेसका भागमा परेको प्रति असन्तुष्टी व्यक्त गर्दै सत्ता गठबन्धन तेड्ने घोषणा गरेको हो । सो कुराको जानकारी शनिवार […]