बाँकेमा ६ क्विन्टल बढी अबैध मासु बरामद

सदरलाइन संवाददाता १३ फाल्गुन २०७८, शुक्रबार १४:५०
 

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगन्जले ६ क्विन्टल बढि अबैध मासु बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्ली खड्का अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–१ साईगाउँबाट उक्त मासु बरामद गरेको हो ।

भारतबाट भन्सार छलि चोरीपैठारी गरि साईगाँउ हँुदै नेपालगञ्ज ल्याउँदै गरेको अवस्थामा ४०५ केजी ब्रोइलर कुखुराको बोनलेस मासु र २८० केजी हाँसको मासु गरि ६८५ केजी अबैध मासु बरामद गरेको वडा प्रहरी प्रमुख खड्काले बताए ।


वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार ब्रोइलर कुखुराको बोनलेस मासु अन्दाजी एक लाख ६२ हजार र हाँसको मासु अन्दाजी एक लाख ९६ हजार गरि कुल अन्दाजी मूल्य ३ लाख ५८ हजारको मासु बरामद गरिएको हो ।

प्रहरीले नियमित जाँच र गस्ति गर्नेक्रममा बेवारिसे अवस्थामा फेला पारेको उक्त मासु आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद् बैठक फेरि स्थगित

१३ फाल्गुन २०७८, शुक्रबार १४:५०
  काठमाण्डौ : शुक्रवार बस्ने भनिएको संसद्को बैठक पनि स्थगित भएको छ । अमेरिकी सहयोग एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भनिएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित गरिएको हो । बिहीवारका लागि तय भएको बैठक सरकारको आग्रहमा आजसम्मका लागि स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतको सट्टा मत विभाजन […]