संसद् बैठक फेरि स्थगित

सदरलाइन संवाददाता १३ फाल्गुन २०७८, शुक्रबार १५:०७
 

 

काठमाण्डौ : शुक्रवार बस्ने भनिएको संसद्को बैठक पनि स्थगित भएको छ । अमेरिकी सहयोग एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भनिएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित गरिएको हो । बिहीवारका लागि तय भएको बैठक सरकारको आग्रहमा आजसम्मका लागि स्थगित भएको थियो ।


सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतको सट्टा मत विभाजन प्रक्रियामा जान खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सशङ्कित छन् । संसद्को प्रक्रियाअनुसार अघिल्लो हप्ता आइतवार संसदमा टेबल भएको एमसीसीमा अब सैद्धान्तिक छलफल हुन्छ । छलफलमा उठेका प्रश्नमा सरकारका मन्त्रीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुपर्छ ।

यसरी स्वीकृतिका लागि पेस गर्दा सामान्यतयाः ध्वनि मत गराउने चलन छ । संसदमा सत्तापक्षको बहुमत हुने भएकाले सैद्धान्तिक छलफलमा सरकारले पेस गरेका विषय सामान्यतयाः अस्वीकृत हुँदैन । तर एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको प्रधानमन्त्रीको आशङ्का छ ।

प्रतिनिधि सभामा कायम सांसदको १० प्रतिशत अर्थात् २८ जनाले मत विभाजन मागेमा सभामुखले मत विभाजनमा जान सक्ने नियम छ । तर सत्तारुढ दलले सरकारले ल्याएको प्रस्तावमा यसरी मत विभाजन माग्न नमिल्ने भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी

१३ फाल्गुन २०७८, शुक्रबार १५:०७
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । नारायणप्रसाद गौडेल, सुरेन्द्र हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता स्थल जिल्ला समन्वय समिति पुगेर चारै जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् । गौडेल संस्थापन इतर तथा हमाल, कुर्मी र […]