आधारभुत तहको पश्नपत्रमा त्रुटी नै त्रुटी भेटियो

३ चैत्र २०७६, सोमबार १४:२८
 

सदरलाइनडटकम,


फायल तस्बिर ।

नेपालगञ्ज : नोबेल कोरोना भाइरसका कारण छिटो परीक्षा सक्नको लागि सञ्चालन गरिएको विभिन्न स्थानीयतहका आधारभुत तहका परीक्षामा सोधिएको पश्नहरुमा गल्तीका चाङ्ग भेटीएको छ ।
सदरलाइन डटकम अनलाईनलाई प्राप्त बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षामा सोधिएका प्रश्नहरु नै गल्तीको चाङ्ग रहेको पाइएको छ ।
आधारभुत तहको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको छ । शनिबार भएको विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको हो । प्रश्नपत्रमा नेपाली र अंग्रेजी अनुवादमा त्रुटी देखिएको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रशासनिक सहायक दुर्गा बाँस्तोलाले विश्वभरी नै फैलिएको कोराना भाइरसका कारणले प्रश्नपत्रमा त्रुटी देखिएको बताए । ‘हामीले बनाएको कार्यतालिका अनुसार काम अगाडि बढाउन पाइएन’ उनले भने, ‘हामीले कार्यतालिका अनुसार चैत ६ गतेबाट परिक्षा सञ्चालन गर्ने भनिएता पनि कोराना भाइरसका कारणले छिटोछिटो परिक्षा सञ्चालन गर्नु परेको प¥यो । त्यसको कारण पश्नहरुमा त्रुटी पाईएको छ । प्रश्नपत्र पुरुफ रिडिङ गर्ने पनि भ्याइएन , त्यसैले प्रश्नपत्रमा समस्या देखियो ।’
राष्ट्रिय परिक्षाहरुमा समेत त्रुटी देखिएको भन्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास उनले गरे । कोहलपुर नगरपालिका भित्रका ४२ वटा विद्यालयका ४२ वटा केन्द्र तोकिएर परिक्षा भइरहेको छ ।
दुई हजार तीन सय ६८ जना विद्यार्थीले फारम भरेका भए पनि दुई हजार तीन सय विद्यार्थीले शनिबारको परिक्षामा सहभागिता जनाएका थिए । आधाभुत तह कक्षा ८ को बार्षिक परिक्षा गत फागुन २९ गतेबाट सञ्चालन गरिएको थियो ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्डयालसँग यस बिषयमा बझ्न खोज्दा मोबाइल स्विच अफ रहेको थियो । प्रश्नपत्र बनाउँदा नगरपालिकाले त्रुटी गरेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा पश्नपत्रको फोटो नै राखेर नगरपालिकाको आलोचना गरेका छन् ।
यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय परीक्षाको कक्षा ५ अन्तर्गत गणित विषयको प्रश्नपत्रमा प्रत्येक प्रश्न पिच्छे त्रुटी रहेको पाइएको छ ।
सो प्रश्नपत्रमा २० नम्बर जति प्रश्नको नेपाली अनुवाद समेत गरिएको छैन । अनुवाद गरिएका प्रश्नमा पनि धेरै त्रुटि रहेको र केहि प्रश्नमा नेपालीमा अर्कै अनी अंग्रेजीमा अर्कै प्रश्न पाइएको छ ।
यस्तो लापरबाहीले नगरपालिकाको शिक्षाको विकासमा कस्तो असर पर्ला भन्ने चिन्तामा यहाँका अविभावकहरु छन् । प्रश्न के आधारमा बनाईएको थियो ? परीक्षा समितिले के हेरेर बस्यो ? लगाएतका प्रश्नहरु नगरपालिकाको शिक्षा शाखासंग भएको स्थानीय हरि गौतम बताउछन् ।
बालमनोविज्ञानको कुरा गर्दै हिँड्दा साना अबोध बालबालिकालाई गणित भूत हो यसले जहिले तर्साउँछ भन्ने गलत मानसिकता विकास हुने गरी जुन काम भयो यस्ता गैरजिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने र उनिहरुले सार्वजनिक रुपमै माफी माग्नुपर्ने उनले माग गरे ।

Next Post

कोरोनाको संकटमा सम्बन्ध विच्छेद बढ्यो, यस्तो रैछ कारण

३ चैत्र २०७६, सोमबार १४:२८
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क  :  कोरोना भाइरसको संकट बढिरहँदा सम्बन्ध बिच्छेदका घटना बढेका छन् । डेली मेलको रिपोर्टअनुसार चीनको विवाह दर्ता गर्ने स्थानीय निकायले सम्बन्ध बिच्छेदका घटना बढेको जनाएको छ । उनीहरुले कोरोना भाइरसको संक्रमणका कारण घरभित्रै अधिक समय बिताउनुपरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीनले देशका केही इलाकामा […]