रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १७:४३
 

रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् ।

दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे ।


दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर भएका छन् । केसीकाे टाउको र खुट्टामा चाेट लागेकाे र अहिले  लुम्बिनी सीटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

राति करिब १० बजेतिर टिपर सडकबाट १५० मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा प्रवेश

९ फाल्गुन २०७८, सोमबार १७:४३
काठमाण्डौ : नेपाल समूह ए विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा पुगेको छ । ओमानको अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएको हो । नेपालको जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख […]