सदरलाइनडटकम,
बैतडी : बैतडीमा मंगलवार एक जना मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका २ देहिमाण्डौ २५ वर्षीय करन लोहार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।
सूर्नया गाउँपालिका ५ मा लागेको भगवती मेला हेर्न गएका युवक गत शुक्रवारदेखि सम्पर्कबिहीन रहेका थिए । युवकलाई बिहान स्थानीय महिलाले घाँस काट्ने बेला सूर्नया गाउँपालिका ५ स्थित विश्रम भीरमा मृत अवस्थामा फेला पारेका हुन् ।
युवकको भीरवाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)