पाँच हजारको लोभमा ढाईकिलो अफिम सहित तीनजना पक्राउ

६ जेष्ठ २०७४, शनिबार १३:२१
 

सदरलाइनडटकम    
६ जेठ, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्रतिबन्धित लागू औषध अफिमसहित तीनजना युवालाई बाँकेको राप्ती सोनारी–१ खासकुस्माबाट नियन्त्रणमा लिएको छ ।
सुराकीले दिएको सूचनाको आधारमा शुक्रबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा निगरानी बढाएको प्रहरीले साँझ करिव ४ बजेतिर दाङ्गको घोराहीबाट नेपालगन्जतिर रा २ प ९९५४ नं.को पल्सर मोटरसाईकलमा आउदै गरेको अवस्थामा २ किलो ५ सय ५१ ग्राम अफिमसहित नियन्त्रणमा लिएको हो ।
अञ्चल प्रहरी कार्यालय भेरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजजिक गरे अनुसार पक्राउ पर्नेहरुमा रुकुम भुमे गाउपालिका–३ घर भई हाल घोराही उप–महानगरपालिका– ६ वर्ष २९ को आयन रोका, सोही ठाँउका ३६ वर्षिय भागेश्वर रोका र २६ वर्षको रुपेश पुन रहेका छन् । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार रहेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरिक्षक विश्वराज सिंह थापाले उनीहरुका साथबाट मोटरसाईकल, तीनबटा प्याकेटमा रहेका अफिम २ किलो ५ सय ५१ ग्राम, तौल गर्ने मेसिन, ४ वटा मोबाईल, ९ हजार ५ रुपैया, भिसाकार्ड एक, तीन पर्श र सामान राख्ने झोला बरामद भएको जानकारी दिए ।
उनले लागू औषधको कारोबारीहरु सक्रिय भएको जानकारी आए लगत्तै आफ्नै नेतृत्वमा रहेको टिम र जिल्ला प्रहरीको संयुक्त टिमले अफिमसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेको सो अफिम रुकुमबाट ल्याएको बताईएको छ ।
पक्राउ परेका अभियुक्तलाई दाङ्गको घोराही बजारमा एक व्यक्तिले झोला नखोली नेपालगन्ज पु¥याए जनही ५ हजार दिने भनेकोले आफुहरु झोलामा भएको कुरा नहेरी लिएर आउदै गर्दा बाँकेको कुसुममा प्रहरी चेकिङ्गमा पक्राउ परेको बताए । अन्तराष्ट्रिय बजारमा अत्यन्तै माग भएको प्रतिबन्धित लागु औषध अफिम नेपालमा प्रति किलो ८५ देखि ९० हजारसम्म पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज–१० मा एमालेको प्रचार सचिवालय उद्दघाटन

६ जेष्ठ २०७४, शनिबार १३:२१
सदरलाइनडटकम,  ६ जेठ, नेपालगन्ज : दोस्रो चरणको निर्वाचनको तिथी नजिकिदै गर्दै बाँकेमा विभिन्न राजनीतिक पार्टीहरुले आ–आफ्नो प्रचार कार्यालय खोल्ने क्रमलाई तीब्रता दिएका छन् ।  यस क्रममा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा राष्ट्रबादी लगायतका राजनीतिक दलहरुले जिल्लाका विभिन्न स्थानीय तह अन्तरगत आ–आफ्ना प्रचार कार्यालय खोलेर घरदैलो सुरु गरेका छन् […]

सम्बन्धित