लागुऔषध नियन्त्रणमा प्रहरीको ध्यान केन्द्रित हुनेः एसपी पौडेल

२७ श्रावण २०७५, आईतवार १८:५९
 

सदरलाइनडटकम,


नेपालगन्ज  : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले लागु औषध नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित हुने बतएका छन् । लाई आफुले प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने एसपी पौडेलले बताए ।
भर्खरै सरुवा भई बाँके प्रहरीको नेतृत्व सम्हालेका उनले प्रदेश प्रहरीको कार्ययोजनाअनुसार आफु अघि बढ्ने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालयमा आइतवार पत्रकारसँग गरिएको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलले लागु औषधको कारोबार, सेवन, ओसापसार नियन्त्रणका लागि प्रदेश प्रहरीको कार्ययोजना रहेकोले बाँके प्रहरी सोहीअनुसार अघि बढ्ने जनाए ।
लागु औषध नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले त्यसपछि सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिइने बताए । उनले सडक दुर्घटना हुने स्थानको पहिचान गरी समाधान खोज्ने बताए । प्रहरी उपरीक्षक पौडेलले कुनैपनि घटनाको जानकारी पाएलगत्तै १० मिनेटमै प्रहरी घटनास्थल पुग्ने भन्दै दृढता व्यक्त गरे ।

Next Post

सकरात्मक जीवनको रहस्यबारे नेपालगन्जमा प्रशिक्षण

२७ श्रावण २०७५, आईतवार १८:५९
सदरलाइनडटकम नेपालगन्जः व्यस्तता र तनावपूर्ण चुनौतीका बीच कसरी खुशी हुन सकिन्छ भन्ने विषयमा आइतवार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्रको सहजीकरणमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई खुशीयाली र सकरात्मक जीवनका रहस्य बारे जानकारी दिइएको छ । प्रशिक्षक रमेश भटराईले […]