सदरलाइनडटकम
८ चैत नेपालगन्ज : मुल सडक ढाकेर स्वागत गेट बनाउँदा बिरोध जनाउने कानुन व्यवसायीहरु आफैले सडक दुर्घटनाको जोखिम बढाएर नेपालगन्जमा स्वागत गेट बनाएका छन् । शुक्रबारबाट नेपालगन्जमा हुने कानुन व्यवसायीहरुको राष्ट्रिय भेलामा आउने राष्ट्रपति, प्रधानन्यायाधिश, कानुनमन्त्री लगायतका अतिथी तथा सहभागिताहरुलाई स्वागत गर्न भन्दै आयोजकले मुल सडक ढाकेर सडक बनाएका हुन् ।
‘केही कानुन व्यवसायले यसअघि भएका भएका महोत्सवमा स्वागत गेट बनाउँदा तिब्र बिरोध जनाएका थिए । उनीहरुले आयोजकसंग सामुहिक छलफल गरेर स्वागत गेट नबनाउन पनि माग गरेका थिए’– सर्बसाधारणको भनाई थियो,–‘त्यो बेला उहा“हरुले धेरै राम्रो काम गर्नुभएको थियो । तर आफैलाई पर्दा गेट बनाएपछि अचम्म लागेको छ ।’
सडक डिभिजनको निर्देशन बिपरित सडकमा गेट बनाएर दुर्घटनाको जोखिम बढाएको र शहरलाई कुरुप बनाएको भन्दै यसअघि लागेका शैक्षिक महोत्सव र प्रादेशिक महोत्सव कानुन व्यवसायीका साथै नागरिक अगुवाहरुबाट तिब्र बिरोध भएको थियो । तर अहिले कानुन व्यवसायीहरुको सम्मेलन हुने स्थान कारकांदोस्थित सिद्धार्थ भ्यू अगाडी सडक बनाएका छन् ।