मिर्गौलाबारे सावधानी अपनाउन चिकित्सकको सुझाव

सदरलाइन संवाददाता १२ फाल्गुन २०८०, शनिबार १३:३४
 

नेपालगञ्ज : पछिल्लो समय मिर्गौलाको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । फेरिँदो जीवनशैली, खानपिन लगायतका कारणले मिर्गौलामा समस्या हुने क्रम अस्वभाविक रुपमा बढ्दै गएको भन्दै चिकित्सकहरुले समयमै सावधानी अपनाउन सुझाएका हुन् ।

भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ मिर्गौला रोग विशेष डा. सौरभ हमालले नेपालमा अहिले मृत्यु हुने कारण मध्ये मिर्गौला १०औं स्थानमा पर्छ । तर, अबको १० वर्षपछि यो तेस्रो स्थानमा आउन सक्ने भन्दै उहाँले सावधानी अपनाउन सुझाव दिनुभयो ।

लक्ष्मी सरस्वती पोलिक्लिनिक तथा डाइग्नोस्टिक सेन्टरद्वारा शनिवार नेपालगञ्जमा आयोजित स्वास्थ्यकर्मीहरुलाई मिर्गौला रोग व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उनले सुगर तथा प्रेसरका बिरामीहरुमा मिर्गौलाको जोखिम बढी हुने बताए । रगत, पिसाब र अल्ट्रासाउन्ड जाँच गर्ने हो भने धेरै हदसम्म मिर्गौलाको अवस्थाबारे थाहा हुने उनको भनाई छ । डायलाइसिस गराउनै पर्ने स्थितिसम्म पुग्नुपर्ने अवस्था आउन नदिन चेकजाँच नै उपयुुक्त विकल्प भएको पनि उनले बताए । उनले मिर्गौला रोगको पहिचान गर्न जोखिम समुदाय सबैको स्क्रिनिङ गर्न जरुरी रहेको बताए ।


शरीर सुनिने, शरीर चिलाउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिए मिर्गौलामा समस्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । मिर्गौला रोगीले नुनको मात्रा कम खाने, मदिरा तथा धूम्रपान सेवन नगर्ने, प्रोटिनको मात्रा मिलायर खाने हो भने आयु लम्ब्याउन सकिने पनि उनको भनाई छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. हमालले मिर्गौला सुरक्षाका लागि सबै नागरिक सचेत हुन जरुरी रहेको बताए । मिर्गौला सुरक्षाबारे स्वास्थ्यकर्मीहरुलाई पनि विशेषज्ञ चिकित्सकबाट तथ्यपरक जानकारी प्रवाह गर्नका लागि कार्यक्रम गरिएको लक्ष्मी सरस्वती पोलिक्लिनिकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित दुई जना पक्राउ

१२ फाल्गुन २०८०, शनिबार १३:३४
नेपालगञ्ज : लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नं.५ बस्ने बर्ष २७ को रमेश बडुवाल र सोही ठाउँ बस्ने बर्ष २८ को गोपाल बम रहेका छन् । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ पुर्व पश्चिम राजमार्ग गल्लीकटान स्थित लु. ९४ प. […]

सम्बन्धित