खजुरामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

सदरलाइन संवाददाता २१ चैत्र २०७८, सोमबार १५:२७
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले सोमवारदेखि जेष्ठ नागरिकका लागि हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर शुरु गरिएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।


पहिलो दिन सोमवार वडा नम्बर २ सितापुर स्वास्थ्य चौकीमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

यस्तै २२ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ६ पुरैनामा, २३ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ ई गाउँमा, २४ गते खजुरा प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ३ मा, २५ गते रनियापुर स्वास्थ्य चौकी वडा नम्बर ८ मा, २६ गते वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्य चौकीमा, २७ गते उढरापुर स्वास्थ्य चौकीमा र २८ गते सोनपुर स्वास्थ्य चौकीमा आयोजना हुने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ चैत्र २०७८, सोमबार १५:२७
नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका– ३ मानपुराका ५२ वर्षीय रामपल्टन काँदु गुप्तालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । लेनदेन मुद्दामा गुप्तालाई २०७५ साल भदौ ११ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ९ महिना कैद फैसला गरेको थियो । उनलाई […]

सम्बन्धित