डुडुवामा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण, श्रीमद भागवत ज्ञान महायज्ञ पनि शुरु

सदरलाइन संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार २०:०२
 


डुडुवा (बाँके) :  बाँकेको डुडुवा गाउँपालिका वार्डनंं ६ को बकौली गाउँमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पुर्वाधार निमार्ण गरिएको छ ।

नवनिर्मित मन्दिरको एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उदघाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमष्तिकमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष चौधरीले धार्मिक स्थलमा गएर एकछिन भएपनि मनलाई शान्ति बनाउने पवित्र स्थानमा भौतिक पुर्वाधारले मद्दत पुरयाएको भन्दै भक्तजन तथा साधुसन्तहरुलाई पुजापाठ, भजन किर्तन, प्रबचन तथा विभिन्न धार्मिक संस्कार गर्नका लागि उत्तम स्थान भएको बताए ।


उदघाटन समारोहमा श्री नवतनधाम काठमाण्डौका गान्धीपति १०८ श्रीअमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, उपमहासचिव नगेन्द्र खडका, केन्द्रीय सदस्य गोपाल कृष्ण संजेल, भुपेन्द्र मान प्रधान लिलाराम भारती, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावति यादव, वडासदस्य नेतराम मौर्य लगायतको सहभागिता रहेको थियो ।

स्थानीय गंगासागर बर्मा र मालती प्रसाद बर्माले दान गरेको साढे तीन कठ्ठा जग्गामा सो मन्दिरको भौतिक पुर्वाधार निमार्ण गरिएको हो । गाउँपालिकाको रु ३९ लाखको लागतमा उक्त मन्दिरको निमार्ण गरिएको छ ।

यसैगरि उक्त मन्दिरको उद्घाटनसंगै श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह पनि शुरु भएको छ । महायज्ञमा भारत बृन्दाबनका जानवीं किशोरी प्रमुख कथा बाचन गर्ने छन भने अन्य पण्डित र सांस्कृतिक समुहको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणमा परेर चलाउनेको मृत्यु

६ फाल्गुन २०७८, शुक्रबार २०:०२
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडानं. ६ फत्तेपुर गुलरीका ६० बर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरेको छ । राप्ती पीडित सामुदायिक बन ढलहियामा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको स्थानीय प्रदिप पौडेलले जनाएका छन् । प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १० बजे मात्रै […]