लागुऔषधसहित बाँकेमा दुई पक्राउ

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार १३:१९
 

नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई जना फक्राउ परेका छन् । लागुऔषध कोरेक्स र सुपर पावर सुर्तिसहित नेपालगञ्ज १८ लग्दहवाका ३२ वर्षीय पप्पु बेहना र ३५ वर्षीय जिलेदार हरिजन पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनकट्टी (क)बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई डुडुवा गाउँपालिका वडा नं. ५ मिलन चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेल जनाएको छ ।


२८ सीसी कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडीसहित पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Next Post

राहीमार्टका सञ्चालक खुर्सिदको निधन

७ आश्विन २०७७, बुधबार १३:१९
नेपालगञ्ज : राही मार्टका सञ्चालक हाजी खुर्सिद अहमदको निधन भएको छ । नेपालगञ्जस्थित राही मार्टका सञ्चालक खुर्सिदको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो । खुर्सिद नेपालगञ्ज उद्योग बाणिज्यका एसोशिएट सदस्य हुन् । ब्यवसायी खुर्सिदको निधनप्रति नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दुःख ब्यक्त गरेका छन् । उनले […]