दाङमा आलगागी हुँदा पाँच जनाको मृत्यु

सदरलाइन संवाददाता २८ माघ २०७८, शुक्रबार १३:२१
 

 

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका कार्यालय तुलसीपुरका अनुसार चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ३१ जनामा कोरोना पुष्टि

२८ माघ २०७८, शुक्रबार १३:२१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट १३ जनागरी ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी […]

सम्बन्धित