बाँकेमा शुक्रवार ३१ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ माघ २०७८, शुक्रबार १३:४३
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट १३ जनागरी ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यी तीन अस्पतालमा ८७ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ६ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४०४ पुगेको छ ।

अस्पतालमा दुई जना विरामी सिकिस्त छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा २४ जना भने मध्यम खाले विरामी रहेको वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

२८ माघ २०७८, शुक्रबार १३:४३
नेपालगन्ज : इलाका प्रहरी कार्यालय जमुनाहले लागूऔषधसहित एक जनालाई नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको छ । रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका कोहलपुर ५ रझेनाका २२ बर्षीय सनिस केसीले मुखभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]