बर्दिया प्रहरीद्वारा धानको बिउ तथा डिजल बरामद

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १५:४३
 


बर्दिया : बर्दिया प्रहरीले बिभिन्न समयमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको धानको बिउ र नेपालबाट भारत तर्फ तस्करी गर्दै गरेको डिजेल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार १ सय ४१ किलो धानको बिउँ तथा नेपालबाट भारततर्फ लाँदै गरेको साढे ४९ लिटर डिजेल प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको गस्ती टोलिले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।


प्रहरीका अनुसार गस्तीमा रहेका प्रहरीको टोलीलाई देख्ने बित्तिकै तस्कर सामान छाडेर भागेका थिए । भारतमा भन्दा नेपालमा डिजल लगायत पेट्रोलियम पदार्थ निक्कै सस्तो भएको कारणले नेपालबाट भारततर्फ डिजल, पेट्रोल तस्करी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीका लागि १० बेडको अक्सिजनसहितको आईशोलेशन

५ जेष्ठ २०७८, बुधबार १५:४३
नेपालगञ्ज  : बाँके प्रहरीले आफ्ना सहकर्मीका लागि लक्षित गरी १० बेड क्षमता भएको अक्सिजन सहितको आईसोलेसन केन्द्र निर्माण गरेको छ । कर्तव्य पालनको दौरानमा कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए । […]