लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी

८ बैशाख २०७५, शनिबार १९:४४
 

सदरलाइनडटकम
८ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी ‘नेपालगन्ज कप’ टि–२० क्रिकेट प्रतियोगिताको छैठौ दिन शनिवार भएका दुई खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीज र एनआईसि एसिया दंगाली गोर्खाज विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा लुम्बिनी यात्रीजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ४ विकेटले पराजित गरेको हो । लुम्बिनी यात्रीजले लगातार आफ्नो तेस्रो खेलमा तेस्रो जित निकालेको छ भने पाल्पा योद्याजले प्रतियोगितामा कुनै पनि जित दर्ता गर्न सकेको छैन ।
टस जितेर पहिला ब्याटिंग रोजेको पाल्पा योद्याजले २० ओभर पुरा खेल्दै ४ विकेटकै क्षतिमा १४४ रन बनाएको थियो । जस्का लागि रीत गौतमले ३२, अनुपम सिंहले १०, प्रनित थापा मगरले २८ बल खेल्दै अर्र्धशतक बनाएका थिए । त्यस्तै दिपेन्द« रावत र पाल्पाका कप्तान सिद्दान्तराज शाहीले समान २० रन बनाएका थिए । लुम्बिनी यात्रीजका लागि कुशल मल्ल र निजामुद्दिन हल्वाईले समान १–१ विकेट लिएका थिए ।
१४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको लुम्बिनी यात्रीले १८.२ ओभरमा ६ विकेट गुमाउदै जित दर्ता गरेको थियो । लुम्बिनीका लागि ओपनर आदिल खानले ३५, विशाल खत्रीले २९, कुशल मल्लले १८, बासिर अहमदले ३१, निजामुद्दिन हल्वाईले १२ रन बनाएका थिए । लुम्बिनी यात्रीजका बासिर अहमद म्यानअफद म्याच घोषित भए ।
यसैगरी शनिवार नै भएको दोस्रो खेलमा एनआईसि एसिया दंगाली गोर्खाजले जिसान बांँके ब्लास्टर माथि ७ विकेटको जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बांँके ब्लास्टरले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षति १३२ रन जोडेको थियो । बांँकेका लागि विशाल केसिले ३९, रोमन बलामे २९, महेश क्षेत्रीले २६ रन बनाए । दंगाली गोर्खाजका लागि कप्तान संदीप सुनारले २ विकेट लिए ।
१३३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको दंगाली गोर्खाजले १८ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो । दंगाली गोर्खाजका लागि आक्रमक ब्याटिंग गर्दै हरि क्षेत्रीले मात्र १५ बलमा ४२ रन बनाए । त्यस्तै मनोज सुनारले ३९ बल खेल्दै ३९ रन र सदाम अन्सारीले २० बलमा २८ रन बनाए । दंगाली गोर्खाजका हरि क्षेत्री म्यानअफद म्याच घोषित भए ।
नेपालगन्ज कपमा ६ वटा टिम रहेका छन् । जस अन्तर्गत शीर्ष स्थामा ४ खेलमा ३ जित दर्ता गर्दै पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज पहिलो स्थानमा रहेको छ भने ४ खेलमा ३ जितसंगै एनआईसि एसिया दंगाली गोर्खाज रहेको छ । त्यसैगरि तेस्रो स्थानमा ३ खेलमा ३ जित दर्ता गर्दै एबरोल टीएमटि लुम्बिनी यात्रीज र चौथो स्थानमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस, पाचौ स्थानमा जिसान बांके ब्लास्टर र पुछारमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याज रहेका छन् । आईतवार हुने पहिलो खेल एबरोल टीएमटी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच र दोस्रो खेल अर्घाखाँची सिमेन्टस बर्दिया टाईर्गस र जिसान बाँंके ब्लास्टरबिच हुने आयोजकले जनाएको छ ।  

Next Post

मेयरकप रात्री कबड्डीमा मेयर कै टिम र वडा नं. ४ विजयी

८ बैशाख २०७५, शनिबार १९:४४
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज : नेपालगन्जमा शनिबार रातीदेखि मेयरकप वडास्तरिय रात्री कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालगन्ज उप–महानगरपालिकाका कर्मचारी टिम र दोस्रो खेलमा वडानं.४ विजयी भएका छन् । पहिलो खेलमा उप–महानगरको कर्मचारी टिमको नेतृत्व गर्दै मेयर डा. धवल शम्शेर राणाको टिमले वडा नं. १२ लाई ५४– […]