नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत, सुवेदीको विदाई

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १३:३९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वागत गरिएको छ । त्यस्तै सरुवा भएर काठमाडौं जान लागेका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको बिदाई गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा सोमवार गरिएको स्वागत तथा विदाई कार्यक्रममा कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकामा अवधि नपुग्दै मन्त्रालयले बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्नु निकै दुःखद कुरा भएको बताए । ४÷५ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नाले धेरै काम प्रभावित हुने मेयर राणाले बताए ।


काम गर्दै गरेका प्रशासकीय अधिकृतहरु बीचमै छोडेर जानुपर्ने अनि नयाँ आउनेलाई यहाँ बस्तुस्थिति बुझ्नै समय लाग्ने हुँदा उपमहानगरपालिकाको काम प्रभावित हुने मेयर राणाले बताए ।

मेयर राणाले सरुवा भएर जान लागेका सुबेदीको उज्ज्वल भबिष्यको कामना गर्दै नयाँ आएका बस्नेतलाई स्वागत गर्दै सबै मिलेर उपमहानगरपालिकाको काम गर्नुपर्ने बताए ।

बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् । सरुवा भएर नयाँ आएका बस्नेतले जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकलाख बढीको अवैध सामान बरामद

२४ माघ २०७८, सोमबार १३:३९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ । बच्चाको ज्याकेट, टिसर्ट, धोती, कुर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए । उनका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो । तस्करहरुले भने प्रहरीलाई […]