भारतीय पाइलट रिहाबारे वार्ता गर्न पाकिस्तान तयार

१६ फाल्गुन २०७५, बिहीबार १७:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारत–पाकिस्तान बीचमा बुधबार भएको हवाई आक्रमणकै क्रममा भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान पाकिस्तानको कब्जामा रहेका छन् । भारतले आफ्ना कमाण्डरलाई सुरक्षितरुपमा पाकिस्तानले फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतीय पाइलट अभिनवलाई रिहा गर्ने विषयमा भारतसँग कुरा गर्न पाकिस्तान तयार रहेको बताएका छन् । पाकिस्तानी पत्रकार हामिद मीरले ट्वीट गर्दै जियो न्यूजसँगको अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भारतसँग वार्ता गर्न तयार रहेको बताएको जानकारी दिएका छन् । भारतले पनि दिल्लीमा रहेका पाकिस्तानी उच्च आयुक्तलाई बोलाएर घटनाको विरोध जनाएको बताएको छ ।



अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधवार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो । पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ ।
एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’ त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन् भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् ।
त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् । अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाई पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।
(एजेन्सी)

Next Post

उपविजेता बन्दै नेपाली टोली स्वदेश फिर्ता

१६ फाल्गुन २०७५, बिहीबार १७:४९
सदरलाइनडटकम, काठमाण्डौ : थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाली टिम बिहीवार स्वदेश फर्किएको छ । तुलनात्मक रुपमा अन्य टिमभन्दा कम तयारी गरेर प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला क्रिकेट टिमले प्रभावकारी प्रदर्शन गरेको थियो । एक महिनाको अन्तरालमा नेपाली महिला टोलीले दुईवटा प्रतियोगितामा सहभागिता […]