एकलाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १४:२१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

बच्चाको ज्याकेट, टिसर्ट, धोती, कुर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए ।


उनका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।

तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमाको हत्या गर्ने बाँकेबाट पक्राउ

२४ माघ २०७८, सोमबार १४:२१
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगर–२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा फरार रहेका एकजनालाई बाँकेबाट पक्राउ गरिएको छ । ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई अस्ति घर नजिकको खेतमा कुटपिट गरी घाइते […]

सम्बन्धित