नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

सदरलाइन संवाददाता २४ आश्विन २०७९, सोमबार १३:५५
 

काठमाण्डौ : नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ । दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ ।

८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो । बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । त्यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशसभा सदस्य उम्मेदवार ‘नमुना’ बाढी प्रभावित क्षेत्रमा

२४ आश्विन २०७९, सोमबार १३:५५
  राप्तीसोनारी (बाँके) :  लगातारको वर्षातको कारण राप्ती नदीमा आएको बाढीले राप्तीसोनारी गाउपालिकाको फत्तेपुर क्षेत्रमा पुराएको क्षेतीको अवस्थाको अनुगमनसंगै समाधानको लागि पहल गरिएको छ । माओवादी केन्द्र–नेपाली काँग्रेसलगायतको गठबन्धनको बाँके प्रदेश सभा क्षेत्र नं. १ क बाट उम्मेदवार रहेकी कृष्णा केसी नमुनाको पहलमा राप्तीसोनारी गाउपालिका वडानं. ६ र ७ मा […]