नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

सदरलाइन संवाददाता २३ असार २०७८, बुधबार १५:३८
 

नेपालगञ्ज : महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधवार मेयर डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरे ।

यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताए ।


३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा अवैध सामान बरामद

२३ असार २०७८, बुधबार १५:३८
नेपालगञ्ज : सशस्त्र प्रहरीले अवैधरुपमा ल्याउँदै गरिएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोक हुँदै अवैधरुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याइँदै गरेको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र कस्मेटिक सामानहरु बरामद गरेको हो । […]