सदरलाइनडटकम,
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमवार पुनः सडक अवरुद्ध गरिएको छ । पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा शनिवार से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए ।
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानविनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् । स्थानीयवासीले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै आइतवार पनि बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।
सडक सुचारु गर्ने क्रममा झडप हुँदा ९ जना प्रहरी समेत घाइते भएका थिए । विवाद समाधानका लागि आइतवार साँझ सर्वदलीय बैठक बसेपनि विनानिष्कर्ष टुङ्गिएको थियो ।
