कोरोना संक्रमणबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १३:१६
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ बर्दियाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

माघ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनको भोलीपल्ट राती १० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४४३ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैधरुपमा भित्र्याइएको भारतीय कुखुरा बरामद

२४ माघ २०७८, सोमबार १३:१६
नेपालगञ्ज : बाँकेमा प्रतिबन्धित भारतीय कुखुराको आयात रोकिएको छैन् । भारतबाट अवैधरुपमा कुखुराहरु आउनेक्रम नरोकिएपछि नियन्त्रणमा प्रहरीलाई चुनौतिपूर्ण देखिएको हो । बाँके प्रहरीले दैनिकजस्तो भारतबाट भित्र्याइएका कुखुराहरु नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालयको टोलीले नेवाजीगाउँबाट तीनसय गोटा वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी […]