बाँकेमा कांग्रेसलाई हार्ने छुट छैन : बरिष्ठ नेता पौडेल

१० असार २०७४, शनिबार १८:४४
 

सदरलाइनडटकम
१० असार, नेपालगन्ज : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं. ६ र ७ को प्रवेश द्वारको रुपमा रहेको बाँके पश्चिम नेपालकै महत्वपूर्ण ठाउँ भएले नेपाली कांग्रेसलाई कुनै पनि अवस्थामा जिताउन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने–‘यो काठमाण्डौ र विराटनगरपछिको ऐतिहासिक सहर हो, त्यसैले यहाँ कांग्रेसले कुनै पनि हालतमा हार्नुहुन्न ।’
उनले सुशील कोइरालाको ठाउँ नेपालगन्जमा प्रतिष्ठाको लडाईं भएकाले पार्टीले कसरी चुनाव जित्न सकिन्छ, कस्तो उम्मेदवारलाई अघि सार्दा सफल हुन सकिन्छ भन्ने कुराको आंकलन गरेर नै मेयरमा डा. सुरेशकुमार कनोडियालाई उम्मेदवार बनाएको स्पष्ट पारे ।
‘पुराना साथीहरुले देखाउनु भएको उदारता, पार्टीप्रतिको निष्ठा, योगदानको उच्च मूल्यांकन हुन्छ, तपाईंहरु ढुक्क हुनुहोस्, पार्टीलाई जिताउन लाग्नुहोस्’– नेता पौडेलले भने–‘यो चुनाव कांग्रेसका लागि अग्नि परिक्षा हो, कांग्रेस हारे देश हार्छ, त्यसैले जिम्मेवार भएर लाग्नुहोस् ।’
उनले काँग्रेसले समृद्धिको अभियान सुरु गरेको बताउदै भने–‘शान्ति र संविधान स्थापित गरेको कांग्रेसले अब समृद्धिको अभियान थाल्दैछ, त्यसलाई सार्थक बनाउन पनि कांग्रेसले जित्नैपर्छ ।’
उनले पार्टीका ततकालिन सभापति सुशील कोईरालाको निधन पछि बाँके अभिभावक बिहीन भएको जस्तो आफुले संकेत पाएको कुरा बताए । उनले भने–‘सुशील कोइरालाको स्वर्गाराहणपछि बाँके कांग्रेस आत्तिनुपर्दैन, सिंगो पार्टी नै तपाईंहरुको अभिभावक हो, सुशीलजीको सपना पूरा गर्न पनि यहाँ कांग्रेसले हार्न हुन्न, कांग्रेसले हारे यहाँको विकास र समृद्धि रोकिन्छ, ।’
नेता पौडेलले बाँकेका ८ वटै स्थानीय तहमा चार तारा झण्डा फर्फराउने गरी पार्टीका नेता कार्यकर्ताहरु लाग्नु प¥यो भन्दै त्यसका लागि सबैलाई एक ढिक्का भएर चुनावी मोर्चामा होमिन आह्वान गरे । सभालाई सम्बोधन गर्दै बाँके जिल्लाका लागि खटाइएका केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गरे । ‘हामी सबै एकजुट भएर लागौं, सुशीलदाईको जिल्लामा कांग्रेसलाई हराउने तागत कोहीसंग छैन, हामी अवश्य सफल हुन्छौं,’ थानीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उपाध्यक्ष बामदेव गौतम एकैदिन बाँकेका तीन सभामा सहभागी

१० असार २०७४, शनिबार १८:४४
सदरलाइनडटकम १० असार, नेपालगन्ज : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको प्रमुख आतिथ्यतामा एमाले बा“केले शनिबार मात्र नेकपा एमाले बा“केले तीनवटा ठूला चुनाबी सभा गरेको छ । निर्वाचनको मौन अवधि नजिकएका बेला नेकपा एमाले बा“के ठूला—ठूला जनसभाको आयोजनालाई तिब्रता दिदै चुनाबी सभाको आयोजना गरेको हो । ती सभाहरुमा भएको जनताहरुको […]