अवैधरुपमा भित्र्याइएको भारतीय कुखुरा बरामद

सदरलाइन संवाददाता २४ माघ २०७८, सोमबार १३:३०
 

नेपालगञ्ज : बाँकेमा प्रतिबन्धित भारतीय कुखुराको आयात रोकिएको छैन् । भारतबाट अवैधरुपमा कुखुराहरु आउनेक्रम नरोकिएपछि नियन्त्रणमा प्रहरीलाई चुनौतिपूर्ण देखिएको हो ।

बाँके प्रहरीले दैनिकजस्तो भारतबाट भित्र्याइएका कुखुराहरु नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालयको टोलीले नेवाजीगाउँबाट तीनसय गोटा वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिए ।


तीनवटा मोटरसाइकलमा भित्र्याइएका २ लाख ४० हजार मूल्य बराबरको कुखुरा बरामद गरिएको हो । भे २ प २२०९, ज ४ प १८२७ र भे ३ प ९७२५ नम्वरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत, सुवेदीको विदाई

२४ माघ २०७८, सोमबार १३:३०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वागत गरिएको छ । त्यस्तै सरुवा भएर काठमाडौं जान लागेका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको बिदाई गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा सोमवार गरिएको स्वागत तथा विदाई कार्यक्रममा कार्यालयका शाखा […]