नेपालगञ्ज : कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना सक्रमणका कारण निधन भएको हो । उनको काठमाडौ स्थित निदान अस्पतालमा उपचाररत मल्लको बिहीवार बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।
चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।