चीनको वुहानमा कोरोना संक्रमण शून्य

६ चैत्र २०७६, बिहीबार १०:४६
 

सदरलाइनडटकम,
काठमाडौं  : कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ ।

मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको छ ।


गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।

कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ । अनलाइनखबरबाट

Next Post

पार्किङ गरिएको बसमा आगजनी

६ चैत्र २०७६, बिहीबार १०:४६
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा बुधवार राति ११ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण बस पूर्ण रुपमा जलेको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको […]