नेपालगञ्ज नाकाबाट चिनी तथा चामल आयातमा कमी

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १६:४३
 

नेपालगञ्ज : चालू आर्थिक बर्षको ६ महिनामा नेपालगञ्ज नाकाबाट चिनी र चामल तथा चामलजन्य बस्तु आयातमा कमी आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा तीन करोड ९४ लाख ९१ हजार ६ सय किलोग्राम चिनी तथा चिनीजन्य बस्तु आयात भएको छ । गत आर्थिक वर्षको यो अवधिमा पाँच करोड ३८ लाख ४१ हजार २०२ किलोग्राम चिनी नेपालगञ्ज नाकाबाट आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट चामल तथा चामलजन्य बस्तु आयातमा समेत कमी आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म आठ करोड ७५ लाख ५० हजार ७८२ किलोग्राम चामल तथा चामलजन्य बस्तु आयात भएको तथ्याङ्क छ ।


तर चालू आर्थिक वर्षको साउन देखि पुषसम्म भने सात करोड ९२ लाख ७८ हजार १९५ किलोग्राम मात्र चामल तथा चामलजन्य बस्तु आयात भएको छ ।

यसैवीच, नेपालगञ्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक बर्षको ६ महिनामा १२ अर्व पाँच करोड ३८ लाख ६२ हजार रुपैँया राजस्व उठाउने लक्ष्य दिए पनि नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ११ अर्व ८१ करोड ८४ लाख ९१ हजार रुपैँया राजस्व संकलन गरेको छ ।

कोरोनाका कारण देशमा उद्योग, कलकारखाना बन्द भएकोले कच्चा पदार्थ तथा मेसिनरी सामान आयातमा कमी आएकोले लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार कार्यालयको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना संक्रमण दर घट्यो

२३ माघ २०७८, आईतवार १६:४३
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २६ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन परीक्षणमा १३–१३ जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । भेरी अस्पतालको पीसीआर ल्यावमा ६ र […]