चीनमा देखिएको नयाँ भाइरसका संक्रमित बढ्दै

४ माघ २०७६, शनिबार १६:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सातसय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षिय वृद्धाको मृत्यु भएको बताइएको छ । नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा जाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ ।
वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्याधिक मासिनले यात्रा गर्ने भएकाले संक्रमणप्रति सचेत रहेको अधिकारीहरुले जनानएका छन् । नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।
वुहानको भ्रमण गरेर स्वदेश फर्किका आफ्ना केही नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले दावी गरेका छन् । चिकित्सकको टोलीले भाइरसको बारेमा अध्ययन जारी रहेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सी फूड बिक्री हुने बजारबाट उक्त भाइरसको संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

Next Post

स्थापना दिवसमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

४ माघ २०७६, शनिबार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवसका अवसरमा प्रदेश नंं. ५ का बिभिन्न शाखाहरुमा साताव्यापी कार्यक्रमको आयोजना भइरहेका छन् । रक्तदान, प्रभातफेरी, वित्तीय पहुँच र साक्षरता, सामाजिक उत्तरदायित्व बहनका बिभिन्न कार्यक्रम गरी बैंकलाई जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने काम भइरहेको प्रदेश नंं ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् […]