लागुऔषध नियन्त्रण नागरिक सहायता कक्ष स्थापना

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १६:०७
 

नेपालगञ्ज : बाँकेको खजुरामा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श सम्बन्धि निःशुल्क नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत खजुरामा नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

बढ्दो लागुऔषध नियन्त्रण गर्न र कुलतमा फसेका मानिसहरूको गाउँपालिकाको सिफारिसमा नेपालगञ्ज गणेशमान चौक नजिक रहेको परामर्श केन्द्रमा उपचार तथा निशुल्क परामर्श दिइनेछ ।


नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सबैको सहकार्य र प्रहरीसंगको साझेदारीमा न्यूनीकरण गर्न सकिने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बाँकेका ८ वटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि विश्व क्यान्सर दिवस मनाइयो

२१ माघ २०७८, शुक्रबार १६:०७
नेपालगञ्ज : शुक्रवार विश्व क्यान्सर दिवस मनाइएको छ । ’क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस बाँकेमा मनाइएको छ । हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक […]