उप–महानगरको पकेट क्षेत्रमा कृषि सामाग्री हस्तान्तरण

१२ जेष्ठ २०७५, शनिबार १७:५२
 

सदरलाइनडटकम
१२ जेठ, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिका कृषि पाकेट क्षेत्रका किसानहरुले सिचाई असुविधाको कारण आफुहरुको लगानी अनुसारको उत्पादन हुन नसेकोको गुनासो गरेका छन् ।
शनिबार विहान वडानं १८ ले आयोजना गरेको पकेट क्षेत्र कृषकका लागि कृषि सामाग्री हस्तान्त्रण कार्यक्रममा सो वडाका किसानको तर्फबाट वडा अध्यक्ष दिपककुमार बर्माले सो गुनासो गरेका हुन । उप–महानगरपालिकाले नेपालगन्ज नगर क्षेत्रको कृषि पकेट क्षेत्र सिचाइको सुविधा नभएको कारण किसान मर्कामा पर्दै आएका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख उमा थापामगरले अनुदान र प्रविधिको पूर्ण सदुपयोग गर्न आहवान गर्दै आर्थिक रुपमा सशक्तिकरण नहुँदासम्म विकास सम्भव नभएको बताईन । उनले किसानको समस्या समाधान गर्नको लागि आफु तयार रहेको बताईन ।
लग्दहवामा आयोजित सो कार्यक्रममा नगर उपप्रमुख थापामगर र वडा अध्यक्ष दिपककुमारले पवर टिलर, रिपर, मलखाद आदि सामाग्री हस्तान्तरण गरेका हुन । १२ नयाँ पकेट क्षेत्र समेत गरि नगरमा २२ वटा क्षेत्रमा परियोजना सञ्चालित छ ।
प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना अन्तर्गत १० हेक्टर क्षेत्रफलका लागि कुर्मी धानबाली पकेट विकास सञ्चालक समितिलाई नेपालगन्ज उप–महानगरपालिका कृषि शाखाद्वारा कृषि सामाग्री हस्तान्तरण गर्नुका साथै सार्वजनिक कार्यक्रम गरिएको थियो ।
आर्थिक वर्ष ०७३÷०७४ देखि सञ्चालित कार्यक्रम अन्र्तगत दोस्रो चरणमा कृषि शाखाको दुई लाख र सञ्चालक समितिको ६ लाख ६० हजार गरि खेत खन्ने, धान, गहुँ काटने मेसीन लगायतका कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका प्रमुख जीवन केसीले शाखाको सहयोग र अनुदानको उपादेयता बारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी अधिकांस किसानले विद्युत समस्याको सम्वोधनका लागि आग्रह गरेका थिए ।  

Next Post

राप्तीसोनारीमा गाउँपालिकास्तरिय खेलकुद प्रतियोगिता सुरु

१२ जेष्ठ २०७५, शनिबार १७:५२
सदरलाइन  \ रबिन्द्रसिंह ठकुरी १२ जेठ, नेपालगन्ज :  राप्तीसोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोतिगा शुरु भएको हो । प्रतियोगिता राप्ति सोनारी गाँउपालिका वडा नं. ३ स्थित श्री सरस्वति मा.बि भवानियापुरमा संचालन भएको छ । एक कार्यक्रमका बिच सो […]