अतिक्रमित संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम

सदरलाइन संवाददाता १३ जेष्ठ २०८०, शनिबार १४:०२
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्र भित्रका अस्थायी संरचनाहरु दुई दिनभित्र हटाउन सुचना सार्बजनिक गरेको छ ।

सडक डिभिजन नेपालगञ्ज र कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो । सडकको केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन लागेको छ ।

यसअघि चैतको २४ गते सूचना जारी गरेर सडक डिभिजन नेपालगञ्ज र कोहलपुर नगरपालिकाले ३५ दिन भित्र सडक अतिक्रमण गरि बनाइएका स्थायी र अस्थायी संरचनाहरु हटाउन अल्टिमेटम दिएको थियो ।


उच्च अदालत तुलसीपुर र नेपालगञ्ज इजलासको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचनाहटाउन लागिए को कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘सम्मानिय उच्च अदालतको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको छढकालले भने–‘त्यसपछि सडक अतिक्रमण गरेर बनाइएका स्थायी संरचना पनि हटाइन्छ ।’

उच्च अदालतबाट जारी भएका बाहेक अन्य क्षेत्रका सडक सीमा अतिक्रमण गरी बनाइएका ट्रष्ट, सिढी, पाली, टहरा, घुम्ती, पर्खाल, पेटी लगायतका अस्थायी संरचना पहिलो चरणमा हटाउन लागिएको हो ।

दुई दिन भित्रमा ती संरचना नहटाएको पाइएमा कार्यालयबाट मेसिन प्रयोग गरि हटाइने र हटाउदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गरिनेचेतावनी समेत नगरपालिकाले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघ बाँकेको जमिन अतिक्रमणको चपेटामा

१३ जेष्ठ २०८०, शनिबार १४:०२
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेको जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय बासिन्दाबाट अतिक्रमण हुने खतरा बढेपछि महासंघ बाँकेले आफ्नो जमिन बचाउन अनेक प्रयास गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क रोडमा रहेको महासंघको उक्त जमिनमा एक दशक अघि दुई तल्ले भवन निर्माण गरिएको थियो । उक्त […]

ताजा अपडेट