मानव बेचविखन रोक्ने नेपाल र भारतको प्रतिवद्धता

सदरलाइन संवाददाता १९ जेष्ठ २०८०, शुक्रबार १३:३६
 

नेपालगञ्ज : यहाँस्थित नेपाल भारत जमुनाहा नाका मानव बेचविखनका लागि निकै संवेदनशिल नाका रहेकोले मानवबेचविखन नियन्त्रण गर्न दुबै देशविच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित प्रोटेक्ट परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले नेपालगञ्जमा आयोजना गरेको नेपाल–भारतका सम्बन्धित अधिकारी र अन्य सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानव बेचविखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याए । उनले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामुलक कार्यक्रममा पनि ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले अहिले पनि मानव बेचविखन हुनु निकै दुःखद भएको बताउँदै मानवअधिकार बहाल गर्नका लागि यस्ता सबै कार्यहरु बन्द हुनुपर्ने बताए ।

भारत श्रावस्ती जिल्लाका बाल कल्याण परिषदका अध्यक्ष विशराम पासवानले नेपाल भारत नाकाबाट मानवबेचविखन जस्तो जघन्य कार्य भईरहेकोले सो रोक्न अझै बढी ध्यान दिनुपर्नेमा जोड दिए ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले मानव बेचविखन लगायत नाकाबाट हुने अन्य सबै गैरकानुनी कार्य रोक्न विशेष पहल र प्रयास गरिने बताए ।

अन्तरक्रियामा खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धनिराम ओली, जमुनाहा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दामु पुन, भारत श्रावस्तीका बाल कल्याण परिषदका प्रबन्धक ओमकार नाथ चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक महेश्वरी विष्ट, ईलाका प्रहरी कार्यालय खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासे, प्लान इन्टरनेशनल भारतका कार्यक्रम प्रबन्धक उमेश गुप्ता, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक सन्तोष पुलामी, सिविन नेपालका सिद्धराज पनेरु, माइती नेपालका नेपालगञ्ज प्रमुख केशव कोइराला, कोहलपुर नगरपालिकाका सामाजिक शाखा संयोजक ईश्वरी प्रसाद विकले मानवबेचविखन नियन्त्रणका लागि गर्नु पर्ने काम र हालको अवस्था बारे आ आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा देहात संस्था भारतका हसन फिरोज, मोहम्मद युसुफ, मोहम्मद मुजम्मिल, खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महाविर क्षेत्री, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, परियोजना संयोजक बिनिता आरसी लगायतले पनि मानवबेचविखन रोक्न दुबै देशका सरकारी निकाय र गैर सरकारी निकायले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा साथी संस्था, साना हात लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियाबाट मानव बेचबिखन विरुद्धको कार्ययोजना र त्यसको प्रभावकारी कार्यान्वयनको रूपरेखा समेत तयार गरिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद सिद्दिकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

१९ जेष्ठ २०८०, शुक्रबार १३:३६
बर्दिया : बढैयाताल गाउँपालिका—१ ठूलो डाँफेका १५ वर्षीय किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार राति पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउना साथ प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदीपराज शाहीले डुबेर मृत्यु […]