बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १४:२०
 

कैलाली : कञ्चनपुर बन्चरो प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।


आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

‘उनीहरुका बीचमा अंशसम्बन्धी विवाद रहेको बताउदै डीएसपी शाहीले रामविलासलाई रातिनै पक्राउ गरी घटना अनुसन्धानको कार्य अगाडी बढाएको जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले रामविलासलाई पक्राउ गरेको प्रहरी प्रवक्ता शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणका कारण रुकुम पश्चिमका एक पुरुषको मृत्यु

१७ माघ २०७८, सोमबार १४:२०
नेपालगञ्ज : भेरी अस्पतालमा उपचारारत रुकुम पश्चिमका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आठविसकोट नगरपालिका ६ रुकुम पश्चिमका ६५ बर्षीय पुरुषको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनकाअनुसार माघ १५ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा […]