मतदातामाझ मिश्र–विकासको वाचा पुरा गर्छु, अवसर दिनुहोस्

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १७:०२
 

नेपालगञ्ज : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल सहित बिभिन्न वडाका उम्मेदवारहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुगेका छन् ।

उम्मेदवार सहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेपछि चुनावको एमालेको पक्षमा देखिएको छ ।

मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु मेयर पदका उम्मेदवार मिश्रले बताए । नेपालगञ्जको विकासका लागि आफुले गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै मिश्रले एकपटक अवसर दिन अनुरोध गरे । पदमा नभए पनि नेपालगञ्जको विकासका लागि लागेका मिश्र यसपटक मेयर जितेर यहाँको विकासलाई तिब्रता दिने अठोट लिएका छन् ।

नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको प्रचार विभागका प्रमुख सतिस निरौला बताउछन् । अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उनले बताए । जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।


टोलवस्तीका समस्याहरुलाई आफुहरुले प्राथमिकतामा राखेको नेकपा एमालेबाट नेपालगञ्ज नगरका प्रत्यासी मिश्रले जानकारी दिए ।

आफुले स्थानीय सरकारको प्रमुखको जिम्मा पाएको खण्डमा नगरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र स्टार्टअप कल्चरको क्षेत्रमा योगदान दिने मेयरका प्रत्यासी मिश्रले प्रतिबद्धता जनाए ।

आफुहरु निर्वाचित भएर आएमा सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउने नगरका उपमेयरका उम्मेदवार शान्ति ढकालले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवामा एमालेको घरदैलो सशक्त बन्दै

१९ बैशाख २०७९, सोमबार १७:०२
नेपालगञ्ज : डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सरोज कुमारी यादवको घरदैलो अभियान सशक्त बन्दै गएको छ । सोमवार डुडुवाको वडा नं. ६ मा जनताका समस्याहरु बारे छलफल गर्नुका साथै घरदैलो गरिएको हो । अध्यक्षका उम्मेदवार यादव, उपाध्यक्षका उम्मेदवार शकिल खानसहित एमालेका उम्मेदवारहरुलाई बिजयी बनाउन नेता–कार्यकर्ताहरुले समेत छुट्टै घरदैलो अभियानलाई […]