लागूऔषधसहित फरक–फरक स्थानबाट ३ पक्राउ

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १६:१३
 

नेपालगन्ज : लागूऔषधसहित बाँके र दाङबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत अली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् ।

बाँके र दाङका छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । दाङ तुलसीपुरका विकलाई उनकै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


यस्तै बाँके नेपालगन्जका अलि र अर्का १८ वर्षिय किशोरलाई ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । दाङबाट पक्राउ परेका विक लागुऔषध कारोबारी र बाँकेबाट पक्राउ परेका १८ वर्षिय किशोर तथा अली लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अधिवेशनकालागी गौडेल समूहको सदस्य पदका उम्मेदवार घोषणा

९ फाल्गुन २०७८, सोमबार १६:१३
नेपालगञ्ज : फागुन १५ गते हुने नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सदस्य पदका उम्मेदवारहको पनि घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आयोजित सोमबार एक कार्यक्रमका बीच सदस्यका उम्मेदवारहरुको घोषणा गरिएको हो । गौडेल समूहका सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेक नारायण […]

सम्बन्धित